Kathmandu Press

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

राेम, माघ १६ : इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्।

उनको कार्यकाल फेब्रुअरीको सुरुमा सकिँदैछ। मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन्।

इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपिल गरेपछि यो नतिजा सम्भव भएको हो।

यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन्।

यसअघि शनिबार  मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि परिस्थितिलाई ध्यानमा राख्दै फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए।

यसअघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन।

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्