Kathmandu Press

नेपाल  कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित

काठमाडौं, माघ १६ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन्। ०७६ फागुन २३ गते सर्वोच्चको  आदेशबाट नेकपा आफ्नो नाममा ल्याएका...
नेपाल  कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित

काठमाडौं, माघ १६ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन्। ०७६ फागुन २३ गते सर्वोच्चको  आदेशबाट नेकपा आफ्नो नाममा ल्याएका कट्टेल पार्टीबाटै निष्कासित भएका हुन्। 

उनलाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको हो। पार्टीको विधानविपरित दलको अहित हुने गतिविधिमा आरोप लागेपछि उनलाई माघ ७ गते स्पष्टिकरण सोधिएको थियो। स्पष्टिकरणको जवाफ नदिएका कारण उनलाई पार्टीबाट निष्कासित गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

पार्टीको अहित हुने गतिविधि गरेपछि  छानविन समिति गठन गरि उनलाई स्पष्टिकरण सोधिएको विज्ञप्तिमा उल्लेख छ। 

कट्टेललाई निष्कासित गरेपछि  लोकनारायण सुवेदी पार्टीको कार्यवाहक अध्यक्ष तोकिएका छन्। ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७।११ बमोजित दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानविन समितिको सिफारिसबमोजिम आजैका मितिदेखि निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ गत विहीबार सुवेदीले जारी गरेको वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्