अध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि
काठमाडौँ, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनले एक सन्देश...
काठमाडौँ, माघ १६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
उनले एक सन्देश जारी गर्दै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाईँदै छ।
प्रकाशित मिति: ११:१९ बजे, आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











