Kathmandu Press

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु  

काठमाडौं, माघ १६ :  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही...
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु  

काठमाडौं, माघ १६ :  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपरान्ह्पछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ। 

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँका न्यूनतम तापक्रम तीन डिग्रिसेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । आज बिहान पनि काठमाडौँसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ।

महाशाखाको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ। 

प्रकाशित मिति: ११:०९ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्