प्रधानमन्त्री देउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण
काठमाडौं, माघ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन्। शहीद दिवसको अवसरमा आइतबार लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन्। शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले...
काठमाडौं, माघ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन्। शहीद दिवसको अवसरमा आइतबार लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन्।
शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।
कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: १०:५२ बजे, आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











