Kathmandu Press

कैदीबन्दी महिलालाई सेनिटरी प्याड

कैदीबन्दी महिलालाई सेनिटरी प्याड

झापा, माघ १५ : झापा कारागारका कैदीबन्दी महिलालाई आज सेनिटरी प्याड वितरण गरिएको छ। विर्तामोडकी कृष्टिना प्रसाईँले जन्मदिनका अवसरमा कारागारमा रहेका ७७ महिलालाई सेनिटरी प्याड वितरण गरेका हुन्। जन्मदिनमा गरिने अनावश्यक खर्च कटौती गरेर कैदीबन्दी महिलालाई एक वर्षसम्म पुग्ने गरी ९२४ प्याकेट सेनिटरी प्याड वितरण गरिएको छ।

प्याड वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारगार प्रमुख सावित्रा बस्नेत कार्कीको समेत उपस्थिति थियो। सोही अवसरमा उनका बुवा समाजवेसी श्याम प्रसाईँले महिला कारागारमा एक हजार लिटर क्षमताको पानीट्याङ्कीसमेत राखिदिने घोषणा गरेका छन। पानीट्याङ्की अभावमा कैदीबन्दी महिलाले पानीको समस्या भोग्दै आएका छन्।

प्रकाशित मिति: १९:३९ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्