माेरिससलाई १-० ले पराजित गर्दै नेपाल विजयी
काठमाडाैं, माघ १५ : दशरथ रंगशालामा आज भएकाे नेपाल र मेरिसबीचकाे मैत्रीपूर्ण खेलमा नेपालले जीत हासिल गरेकाे छ।अपराह्न ४ः४५ बजे भएकाे खेलमा विमल...
काठमाडाैं, माघ १५ : दशरथ रंगशालामा आज भएकाे नेपाल र मेरिसबीचकाे मैत्रीपूर्ण खेलमा नेपालले जीत हासिल गरेकाे छ।
अपराह्न ४ः४५ बजे भएकाे खेलमा विमल घर्ती मगरले एक मात्र गाेल गर्दै नेपाललाइ जीत दिलाए। खेलकाे ५५ औं मिनेटमा बिमलले अन्जन विष्टकाे पासमा एक गाेल गरेका हुन्।
बिमल २६ महिनापछि राष्ट्रिय टिममा फर्केका हुन। उनले सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेपछि प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिमबाट बाहिरीएका थिए।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलाे राेजाईमा अवसर दिए।
नेपालका लागि विमलले गरेकाे याे नवाैँ गाेल हाे।
प्रकाशित मिति: १८:४९ बजे, शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











