जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई गठबन्धनको सुझाव
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको हो।
काठमाडाैं, माघ १५ : जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनले सरकारलाई सुझाव दिएको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको हो।
बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोकिने बताए ।
‘स्थानीय निकायको निर्वाचन जेठ मसान्त भित्र गर्न सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीमार्फ सरकारलाई सुझाव दिएको छ,’ उनले भने, ‘संविधानसँग बाझिका कानुनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि बैठकले सरकारलाई सुझा दियो।’
प्रकाशित मिति: १८:४४ बजे, शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











