Kathmandu Press

क्लोज क्याममा रहेका सन्दीपसहित तीन खेलाडीमा कोरोना संक्रमण

काठमाडाैं, माघ १५ : टि–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका कप्तान सन्दिप लामिछानेसहित तीन खेलाडीको कोरोना संक्रमण पुष्टी भएको छ। सन्दीपसँगै...
क्लोज क्याममा रहेका सन्दीपसहित तीन खेलाडीमा कोरोना संक्रमण

काठमाडाैं, माघ १५ : टि–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका कप्तान सन्दिप लामिछानेसहित तीन खेलाडीको कोरोना संक्रमण पुष्टी भएको छ। सन्दीपसँगै आरिफ सेख र जितेन्द्र मुखियालाई कोरोना संक्रमण देखिएको हो।

आरिफ र जितेन्द्र नियमित प्रशिक्षणमा रहेपनि सन्दीप भने प्रशिक्षणमा सहभागी भइसकेका थिएनन्। सन्दीप भर्खरै बिग बास लिग खेलेर फर्केर क्वारेन्टिनमा बसेका थिए। टिममा सहभागी हुनुअघि गरिएको परीक्षणमा सन्दीपलाई संक्रमण देखिएको हो।

आईसीसी टी २० विश्वकप क्रिकेटका लागि ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका थप ३ जना खेलाडीलाइ कोरोना संक्रमण भएको छ।

क्यानका अनुसार संक्रमण देखिउका तीनै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरु आइशोलेसनमा बनेका छन्।

बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको परीक्षणमा ४ जना खेलाडीमा कोरोन संक्रमण देखिएको थियो।

प्रकाशित मिति: १८:३३ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्