Kathmandu Press

लिङखुपाखरका किसानलाई ६६ हाते ट्र्याक्टर वितरण

सिन्धुपाल्चाेक, माघ १५ :  लिसङ्खुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्र्याक्टर वितरण गरेको छ। गाउँपालिका कृषि शाखाले शुक्रबार गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख...
लिङखुपाखरका किसानलाई ६६ हाते ट्र्याक्टर वितरण

सिन्धुपाल्चाेक, माघ १५ :  लिसङ्खुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्र्याक्टर वितरण गरेको छ। गाउँपालिका कृषि शाखाले शुक्रबार गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त हातेट्र्याक्टर वितरण गरेको हो।

४३ वटा नौ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्र्याक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए। नौ एचपीको ४४७०० र ७.५ को ३९००० को दरमा ठेक्कामार्फत खरिद गरिएको दुलालले जानकारी दिनुभयो । ट्र्याक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह, सहकारी तथा  व्यक्तिगतरूपमा किसानलाई ३० प्रतिशत सहभागिता गराइएको थियो। किसानको मागका आधारमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिए।

Hardik ivf

यसैगरी गाउँपालिकाले फलफूलको बिरुवा माटो परीक्षण गरेर वितरण गर्दै आइरहेको थियो छ। किसानहरूलाई विविध खाले कृषि अनुदानसमेत प्रदान गर्दै आएको छ। स्थानीय सरकार आएपछि किसानलाई राहत मिलेको कृषक भक्तलाल श्रेष्ठ बताउछन। उनले अब खेती गर्न सहज हुने विश्वास व्यक्त गरे।

ट्र्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगङ्गा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, जनप्रतिनिधि र किसानको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्