Kathmandu Press

काठमाडौं उपत्यकामा थप १,८२० जनामा कोरोना संक्रमण

काठमाडौं, माघ १५ : काठमाडौं उपत्यकामा एकै दिन १ हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं उपत्यकामा थप १,८२० जनामा कोरोना संक्रमण

काठमाडौं, माघ १५ : काठमाडौं उपत्यकामा एकै दिन १ हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै १ हजार ४०४ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ३०५ र १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

शनिबार देशभर ४ हजार ९०४ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ७६४ पुगेको छ। तीमध्ये काठमाडौंमा ३७ हजार ३४, ललितपुरमा १० हजार १२५ र भक्तपुरमा ५ हजार ६०५ जना छन्।    

देशभर भने सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ।

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्