Kathmandu Press

देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ५९२४ जना संक्रमणमुक्त, ६ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ५९२४ जना संक्रमणमुक्त, ६ को मृत्यु

काठमाडौं, माघ १५ : देशभर पछिल्लो चौबिस घण्टाको अवधिमा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। चौबिस घण्टामा १० हजार १०१ नमूनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ जना र ४ हजार ४६१ एन्टिजेन परीक्षण गर्दा १ हजार ५८६ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ४७ हजार ३९२ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख २६ हजार ४४४ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ भने हालसम्म ११ हजार ७०३ जना संक्रमितको ज्यान गएको छ। 

शनिबार देशभर ८७ हजार ३२९ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ८५ हजार ६३६ जना होम आइसोलेसन र १ हजार ६९३ जना संस्थागत आइसोलेसनमा रहेका  छन्। 

संस्थागत आइसोलेसनमा रहेकामध्य २८६ जना आइसीयूमा रहेका छन् भने ४७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

 

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्