Kathmandu Press

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं, माघ १५ : सत्तारुढ गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु  भएको हो।स्थानीय निर्वाचनबारे छलफल गर्न आज (शनिबार) बिहान पनि...
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं, माघ १५ : सत्तारुढ गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु  भएको हो।

स्थानीय निर्वाचनबारे छलफल गर्न आज (शनिबार) बिहान पनि गठबन्धनको बैठक बसेको थियो। तर उक्त बैठक कुनै  निष्कर्षमा नपुगी अपराह्न पुनः बस्नेगरी टुंगिएको थियो। 

स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच रहेको मतभेद हटाई साझा धारणा बनाउन भन्दै आज बिहान बसेको बैठक आवश्यक तयारी गरेर फेरि बैठक बस्नेगरी टुंगिएको थियो।

आजको दोस्रो बैठक बस्नुअघि सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग परामर्श गरेको जनाइएको छ। अहिलेकाे  बैठकले  स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच साझा धारणा तय गर्ने बताइएकाे छ।

अहिलेकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन्। पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका छन् ।

गठबन्धनले यसअघि पनि कानुनविद्हरूसँग परामर्श गरेको थियो । त्यसबेला विज्ञहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ।

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्