Kathmandu Press

सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ :  राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, माघ १५ : राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन्। काठमाडौंको सानो भर्‍याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयद्वारा...
सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ :  राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, माघ १५ : राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन्। 

काठमाडौंको सानो भर्‍याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयद्वारा आज (शनिबार) आयोजित एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको पनि बताए। ती कानुन बनेपछि शिक्षा क्षेत्रमा अझ बढी लगानी गर्ने वातावरण बन्ने उनको भनाइ थियो।

 ‘अब संघीय कानुन बनि सकेपछि तीन वटा कानुन बन्दैछ। एउटा स्कुल लेवलको कानुन। टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ। त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ,’ उनले भने।

उनले निजी क्षेत्रका लगानीकर्तालाई शिक्षा क्षेत्रको विकासका लागि अझ सक्रियतापूर्वक लाग्न पनि आह्वानसमेत गरे। 

राज्यमन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिन स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गरे। संसारमा चलेको कार्यक्रम आइबी मान्यता प्राप्त स्कुलबाट उत्पादित विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयले सजिलै लिने उल्लेख गर्दै श्रेष्ठले यसको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित मिति: १४:५५ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्