Kathmandu Press

जुनसुकै बेला चुनावमा जान तयार छाैं : नेपाल

काठमाडौं, माघ १५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जुनसुकै बेला चुनावमा जान तयार रहेको बताएका छन्।आज (शनिबार) पार्टी निकट निजामती...
जुनसुकै बेला चुनावमा जान तयार छाैं : नेपाल

काठमाडौं, माघ १५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जुनसुकै बेला चुनावमा जान तयार रहेको बताएका छन्।

आज (शनिबार) पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी चुनावसँग आत्तिएका छैनौं। वैशाख, जेठ, असार या असोजमा चुनाव गर्ने हो भने सामना गर्न तयार छौं।’

उनले स्थानीय तहको निर्वाचन र केन्द्रीय वा प्रदेश सभाको निर्वचन जुन पहिले भए पनि सामना गर्न तयार रहेको बताए। ‘जनतामा जाने कुरालाई हामी सहज, स्वाभाविक रूपमा लिन्छौं, त्यो कुराले हामी अझ खुसी हुन्छौं।‘

नेता नेपालले २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा निर्वाचन भएको र कुन निर्वाचनलाई आधार मान्ने विषयले मतभेद सिर्जना गराएको बताए। ‘वैशाखलाई आधार मान्दा असोजको चुनावबाट निर्वाचितले पाँच वर्षे अवधि पूरा गरेका हुँदैनन्। त्यसलाई कुन वैधानिक आधारमा पुष्टि गर्न सकिन्छ भनेर बुझ्न सकिएको छैन‘,’ उनले भने।

उनले संविधानमा लेखिएको कुरालाई सबैभन्दा पहिले ध्यानमा राख्नुपर्नेमा जोड दिए। संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्षमा समाप्त हुने र त्यसको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने उल्लेख भएको स्पष्ट पार्दै उनले असोज २ गते निर्वाचन भएको मितिलाई आधार मान्न सकिने उल्लेख गरे।

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्