मुलुकको आमूल परिवर्तनमा प्रेस सेन्टर नेपालको उल्लेखनीय भूमिका : प्रचण्ड
काठमाडौं, माघ १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आमूल परिवर्तनमा समग्र सञ्चारक्षेत्रसँगै प्रेस सेन्टर नेपालको उल्लेखनीय भूमिका रहेको बताएका छन्...
काठमाडौं, माघ १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आमूल परिवर्तनमा समग्र सञ्चारक्षेत्रसँगै प्रेस सेन्टर नेपालको उल्लेखनीय भूमिका रहेको बताएका छन् ।
माओवादी केन्द्रनिकट पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले विगतमा भएको प्रतिगमनविरुद्धको आन्दोलनमा मात्र नभएर मुलुकका हरेक परिवर्तनमा प्रेस सेन्टरले भूमिका निर्वाह गरेको स्पष्ट पारे।
आगामी दिनमा समेत प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई सक्रिय बनाइरहनेमा आफू विस्वस्त रहेको प्रचण्डले बताए।
१८औं स्थापना दिवसका अवसरमा उनले प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिस्ठान, एसोसियट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारहरूलाई शुभकामना दिए।











