Kathmandu Press

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

इस्लामावाद, माघ १५ : बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बाबु र छोरा रहेका छन् । यस्तै, १० जना घाइते भएको पनि बताइएको छ। आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानएका छन् ।

यसअघि जनवरी २४ मा पनि अज्ञात आक्रमणकारीले लाहोर प्रेस क्लब बाहिर हुसैन शाह नामका एक अपराध संवाददातालाई गोली हानी हत्या गरेका थिए।

प्रकाशित मिति: ११:३२ बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्