बेनिशालाई चर्चामा ल्याउने फोटो
काठमाडौं, माघ २० : अभिनेत्री बेनिशा हमाल फिल्मी पर्दामा धेरै नदेखिए पनि सामाजिक संजालमा भने सधैं देखिन्छिन् । पछिल्लो फिल्म ‘झ्यानाकुटी’मा....

काठमाडौं, माघ २० : अभिनेत्री बेनिशा हमाल फिल्मी पर्दामा धेरै नदेखिए पनि सामाजिक संजालमा भने सधैं देखिन्छिन् । पछिल्लो फिल्म ‘झ्यानाकुटी’मा उनले प्रशंसा पनि पाएकी छन् ।
अब उनी ‘घर’ फिल्ममा आउँदै छन् । अहिले भने आउने फिल्मले भन्दा पनि इन्स्टाग्राममा राखेको फोटोले चर्चामा छिन् ।
रातो लिपिस्टिक लगाएकी उनले फोटोसँगै प्रेमका विषयमा पनि लेखेकी छन् । उनले फोटो क्याप्सनमा लेखेकी छन्, ‘‘जब मायाको शतिmले शक्तिको मायालाई कम गर्छ तब संसारले शान्तिको बारेमा बुझने छन् ।” र मायाको महिना भनेर ह्यासट्यागसँगै रातो बेलुनको इमो राखेर ‘सबैलाई चुम्बन’ लेखेकी छन् ।
उनले कसैको नाम नखलेखे पनि यो फोटो पोस्ट भएसँगै उनको प्रेमका विषयमा अड्कल गर्न थालिएको छ । धेरैले प्रशंसा गर्दै कमेन्ट पनि गरेका छन् ।












