Kathmandu Press

आजदेखि सार्वजनिक सवारीमा जोरबिजोर हट्यो

काठमाडौं, माघ १५ : काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधान (बस, माइक्रोबस र ट्याम्पो) मा लगाइँदै आइएको जोरबिजोर प्रणाली हटेको छकाठमाडौं उपत्यकाका प्रमुख जिल्ला...
आजदेखि सार्वजनिक सवारीमा जोरबिजोर हट्यो

काठमाडौं, माघ १५ : काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधान (बस, माइक्रोबस र ट्याम्पो) मा लगाइँदै आइएको जोरबिजोर प्रणाली हटेको छ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो। यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ। अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन।

सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ। लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ।

अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने जनाइएको छ । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा  जोरबिजोर प्रणाली लागू हुने छैन।

खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ । निर्माण सामग्री बोक्ने सवारीसाधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ।

आदेशमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको र जिल्ला भित्रका सबै सार्वजनिक तथा सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध गर्न भनिएको छ । सकेसम्म विद्युतीय प्रणालीबाट सेवा दिन भनिएको छ । कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउन अनुरोध गरिएको छ।

सबै प्रकारका सभा, सम्मेलन, बैठक तथा सिनेमा हल, डान्सबार, दोहोरी, स्वीमिङ पुल, फुटशल, जीमखाना रङ्गशाला चिडियाखाना, कभर्ड हल महोत्सव, हाटलगायत भीडभाड हुने कार्यक्रम नगर्न÷नगराउन भनिएको तर पूर्वनिर्धारित अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पालना गराइ प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न पाइने छ।

शैक्षिक क्रियाकलाप भने माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्नुपर्ने छ। जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने छ।

आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर्स, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्नै छ । तर उनीहरूसँग पूर्ण खोप लगाएको कार्ड (मोबाइल फोटो भए पनि हुने) हुनुर्पेछ । पार्टी प्यालेसमा एकपटकमा कूल क्षमताको एक चौथाइ नबढ्ने गरी प्रजिअबाट पूर्वस्वीकृित लिई विवाह, व्रतबन्धलगायत धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न पाइने छ।

सबै प्रकारका व्यवसायमा हप्ताको दुईपटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्रै काममा खटाउनुपर्नेछ । होटल रेष्टुरेण्टको हकमा स्वास्थ्यका सबै मापदण्ड पालना गरी/गराई कूल क्षमताको आधाभन्दा बढी नहुने गरी र एक पटकमा २० जना नबढ्ने गरी कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ।

यसरी प्रवेश गर्दा खोपको मात्रा पूरा गरेका मानिस हुनुपर्नेछ। होटलमा चेक इन गर्दाको अवस्थामा वा चेकइन गरेको २४ घण्टाभित्र आफ्नो बास बस्ने हरेक ग्राहकको होटलले नै एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु आदेशमा भनिएको छ।

प्रकाशित मिति: ०७:०६ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्