माघ मसान्तसम्म विद्यालय सञ्चालन नगर्न सीसीएमसीसीकाे सिफारिस
काठमाडाैं, माघ १४ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म विद्यालय सञ्चालन नगर्न सिफारिस गरेकाे छ।शुक्रबार बसेको बैठकले अझैपनि कोरोना...
काठमाडाैं, माघ १४ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म विद्यालय सञ्चालन नगर्न सिफारिस गरेकाे छ।
शुक्रबार बसेको बैठकले अझैपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो।
यसअघि सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











