ट्याक्सी र निजी सवारी साधनमा मात्र जोर बिजोर प्रणाली लागु हुने
काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारी साधनमा मात्र जोर बिजोर प्रणाली लागु हुने भएकाे छ।
काठमाडाैं, माघ १४ : काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारी साधनमा मात्र जोर बिजोर प्रणाली लागु हुने भएकाे छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको अाज बसेकाे बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिए ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियाे। जाेर विजाेर प्रणालीकाे कारणा सार्वजनिक सवारीमा भिड बढेपछि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ।
यसअघि उपत्यकामा चल्ने सार्वजनिक सवारी बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली लगाइएकाे थियाे।











