शहीद दिवसमा व्यासमा सार्वजनिक बिदा
दमाैली, माघ १४ : व्यास नगरपालिकाले शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। माघ ७ गते बसेको बैठकले शहीद दिवसको दिन...
दमाैली, माघ १४ : व्यास नगरपालिकाले शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। माघ ७ गते बसेको बैठकले शहीद दिवसको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ। उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो। तर यसपटक कोरोना जोखिमका कारण सो कार्यक्रम स्थगित भएको छ।
प्रकाशित मिति: १९:५१ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












