Kathmandu Press

कार्यालय सहयोगी मृत फेला

डाेटी, माघ १४ : जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त...
कार्यालय सहयोगी मृत फेला

डाेटी, माघ १४ : जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए।

उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज मृतावस्थामा फेला परेका हुन्। मृतक कोली जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि आएका शव चिरफारको काम गर्दै आएका थिए। आफन्तहरू अहिलेसम्म नपुगेकाले कोलीको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १९:४८ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्