Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा ४८६ सङ्क्रमित थपिए, दुईको मृत्यु

सुदूरपश्चिम प्रदेशमा ४८६ सङ्क्रमित थपिए, दुईको मृत्यु
Hardik ivf

सुदूरपश्चिम, माघ १४ : सुदूरपश्चिम प्रदेशमा आज थप ४८६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६९३ जनाको नमूना परीक्षण गर्दा ४८६ मा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

पीसीआरमार्फत १८९ र एन्टिजेनमार्फत २९७ मा पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १२१, महाकाली अस्पतालमा २९, बाजुरा अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा १०, कमलबजार अस्पतालमा ६ र एन्टिजेनमार्फत कञ्चनपुरका ९०, कैलालीका ६२, बाजुरामा १८, दार्चुलाका १२, बझाङका १८, बैतडीका ३०, डडेल्धुराका ४८, डोटीका १३ र अछामका ६ मा सङ्क्रमण पुष्टि भएको छ।  

सो अवधिमा प्रदेशभर २५७ सङ्क्रमणमुक्त भएका छन्। यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यसअघि बिहीबार यस प्रदेशमा ५५८ मा सङ्क्रमण पुष्टि हुँदा १३० सङ्क्रमणमुक्त भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२१ को ज्यान गइसकेको छ।

प्रकाशित मिति: १९:३९ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्