Kathmandu Press

बेइजिङ्ग ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

बेइजिङ्ग, माघ १४ : चीनको संघीय राजधानी बेइजिङ्गमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।आगामी...
बेइजिङ्ग ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

बेइजिङ्ग, माघ १४ : चीनको संघीय राजधानी बेइजिङ्गमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ।

सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन्।

प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ्ग आइपुगेका छन्।  

तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन्।

प्रतियोगितामा सहभागी हुन आएका सवैको पिसिआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन्।

कोरोनाभाइरसको महामारीबीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भइ फेब्रुअरी २० मा सम्पन्न हुनेछ।

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, माघ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्