Kathmandu Press

सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि

स्पेन, माघ १४ : स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ। सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि...
सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि

स्पेन, माघ १४ : स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ। सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि यसलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले सन्तोषजनक भनेको छ।

सरकारले सन् २०२१ मा कूल गार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो यद्यपि पाँच प्रतिशतको वृद्धि पनि यूरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो।

सन् २०२० मा स्पेनको कूल ग्रार्हस्थ उत्पादन अघिल्लो बर्ष (सन् २०१९)का तुलनामो झन्डै ११ प्रतिशतले घटेको थियो।

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, माघ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्