Kathmandu Press

टिग्रेका झण्डै ४० प्रतिशत नागरिकले खाद्यान्नको ‘चरम अभाव’को सामना गर्दै : राष्ट्रसंघ

इथियोपिया, माघ १४ : इथियोपियाको टिग्रेमा झण्डै ४० प्रतिशत मानिसले युद्धको प्रभावका कारण खाद्यान्नको ‘अत्यधिक अभाव’ को सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले शुक्रबार...
टिग्रेका झण्डै ४० प्रतिशत नागरिकले खाद्यान्नको ‘चरम अभाव’को सामना गर्दै : राष्ट्रसंघ

इथियोपिया, माघ १४ : इथियोपियाको टिग्रेमा झण्डै ४० प्रतिशत मानिसले युद्धको प्रभावका कारण खाद्यान्नको ‘अत्यधिक अभाव’ को सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ।

खाद्य सुरक्षाको नयाँ मूल्यांकन संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को तथ्याङ्कमा १५ महिनाको द्वन्द्वपछि झन्डै ४० प्रतिशत मानिस चरम खाद्यान्नको अभाव भोगिरहेको पाइएको उल्लेख गरिएको हो।

इन्धन र आपूर्तिको अभावले गर्दा मानवीय सहायता समूहहरू गतिविधिहरूमा कटौती गर्न बाध्य हुँदै गएपछि र उत्तरी इथियोपियामा भएको ताजा झगडाले सहायता प्राप्त गर्ने बाटोलाई सिमित गर्दा यो कठिन परिस्थितिको प्रभाव त्यहाका सर्वसाधारणमा परेको छ।

Hardik ivf

संयुक्त राष्ट्रसंघको मानवीय समन्वय कार्यालयले भनेको छ, “यस क्षेत्रका सबै अन्तर्राष्ट्रिय सहायता समूहहरू पूर्णतया इन्धनको पहूँचभन्दा बाहिर छन् र खाद्य सङ्कटको सामना गरिरहेकाअ नागरिकलाई पैदल सहायता पुर्‍याउने काम गरिएको छ।

डब्ल्यूएफपीले ८३ प्रतिशत टिग्रेली खाद्यान्न असुरक्षाको शिकार बनेका छन्।

'परिवारहरूले आफैलाई खुवाउने सबै तरिकाहरू बन्द भएका छन्। जनसंख्याको तीन चौथाइले बाँच्नको लागि अत्यधिक कठीन परिस्थितिसँग जुधिरहेका छन्।'

'खाद्य सामग्री उपलब्ध नहुँदा अनि परिवारहरू अन्नमा मात्र भर पर्दै गएपछि भोजनको मात्रा झन्झनै कम हुँदै गइरहेको छ र कुनै पनि खानेकुरा उपलब्ध हुनको लागि तिनीहरूले दिनहुँ खाने भोजनको मात्रा सीमित हुन्छ।'

विश्व खाद्य कार्यक्रमले छिमेकी अम्हारा र अफर क्षेत्रहरूमा बढ्दो भोकमरीबारे पनि सतर्क हुन भनेको छ। उक्त क्षेत्र पनि हालैका महिनाहरूमा लडाइँले निकै प्रभावित भएको छ।

डब्ल्यूएफपीका पूर्वी अफ्रिकाका निर्देशक माइकल डनफोर्डले खानेकुरा र औषधी भएका हाम्रा गाडीहरू अग्रपंक्तिमा पुग्ने सुनिश्चित गर्न डब्ल्यूएफपीले सक्दो प्रयासहरू गरिरहेको बताए।

उनले भने, 'हामीलाई मानवीय सहायताका लागि काम गर्न र औपचारिक रूपमा यातायात मार्गमा सहमती हुन द्वन्द्वका सबै पक्षहरूको आवश्यकता पर्दछ र यसबाट भोकमरीको समस्यामा परेका लाखौं मानिसहरूसम्म पुग्न सहज बन्नेछ। तर यदि वैमनस्यता रहिरहेमा यो सम्भव हुनेछैन।'

सन् २०२० को नोभेम्बरमा टिग्रेमा युद्ध सुरु भयो र संयुक्त राष्ट्रसंघले महिनौंदेखि वास्तविक बन्देजको रूपमा वर्णन गरेको ६० लाख मानिसहरूलाई खाद्यान्न अभाब हुँदै गएको छ।

वासिङ्टनले अबि अहमद नेतृत्वको सरकारले सहायता रोकेको आरोप लगाएको छ भने अदिस अबाबाले विद्रोही आक्रमणलाई दोषी देखाएको छ।

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्