Kathmandu Press

५६ जनालाई अपाङ्ग परिचयपत्र

५६ जनालाई अपाङ्ग परिचयपत्र

तम्घास, माघ १४ : गुल्मीको मालिका गाउँपालिकाले वडामै पुगेर अपाङ्ग परिचयपत्र वितरण गरेको छ। गाउँपालिकाका विभिन्न तीन स्थानमा सञ्चालन गरिएको शिविरबाट ५६ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको हो।

पहिलो दिन माघ ११ गते वडा नं २ दर्लिङमा १६ तथा दोस्रो दिन बुधबार वडा नं ४ अर्खबाङ्गमा १७ जनालाई परिचय पत्र वितरण गरिएको थियो। त्यसैगरी तेस्रो दिन बिहीबार वडा नं ७ घमिरबाट २३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।

परिचयपत्र लिएकामध्ये ‘क’ वर्गका १०, ‘ख’ वर्गका २४, ‘ग’ वर्गका १३ र ‘घ’ वर्गका नौ जना रहेका छन्। ‘क’ र ‘ख’ वर्गको अपाङ्गका लागि राज्यबाट क्रमशः तीन हजार ९९० र दुई हजार १२८ प्राप्त हुने प्रशासकीय अधिकृत भण्डारीले बताए।

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्