मोरङमा सबैभन्दा बढी सङ्क्रमण
विराटनगर, माघ १४ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ मा सबैभन्दा बढी मोरङमा १७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।सो अवधिमा सुनसरीमा ८७,...विराटनगर, माघ १४ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ मा सबैभन्दा बढी मोरङमा १७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सो अवधिमा सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा छ/छ, भोजपुरमा दुई, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा एक/एक र प्रदेश बाहिरका २२ मा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सङ्क्रमण ८४१ को पीसीआर परीक्षण गर्दा ३८३ र ८१०को एन्टिजेन परीक्षण गर्दा ३१०मा कोरोना सङ्क्रमण देखिएको हो।
स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा १३५, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, झापाको विर्तामोड र दमकमा १३/१३ सहित अन्य पालिकामा सङ्क्रमण देखिएो मान्त्रालयले जनाएको छ।
प्रदेशमा आजै १५१ महिलासहित ३२९ कोरोना सङ्क्रमणमुक्त्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ। प्रदेशमा अझै सात हजार ४१६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।