Kathmandu Press

ट्याक्सीबाहेकका सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाउन सिसिएमसीकाे सिफारिस

काठमाडौं, माघ १४ : कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनसिफारिस गरेको छ।सिसिएमसीले ट्याक्सीबाहेक सार्वजनिक सवारीसाधनबाट जोरबिजोर प्रणाली हटाउन...
ट्याक्सीबाहेकका सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाउन सिसिएमसीकाे सिफारिस

काठमाडौं, माघ १४ : कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनसिफारिस गरेको छ।

सिसिएमसीले ट्याक्सीबाहेक सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको हाे।

मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएकाे सिसिएमसीले जनाएकाे छ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीकाे भनाइ छ।

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्