Kathmandu Press

दुधमा गरिएको मूल्यवृद्धी अझै कार्यान्वयन भएन, आन्दोलनमा उत्रिने संघको चेतावनी

काठमाडौं, माघ १४ : सरकारले गत कात्तिक १ गतेदेखि दुधको मूल्य बढाउने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन नभएपछि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले आपत्ति जनाएको छ।प्रतिलिटर...
दुधमा गरिएको मूल्यवृद्धी अझै कार्यान्वयन भएन, आन्दोलनमा उत्रिने संघको चेतावनी

काठमाडौं, माघ १४ : सरकारले गत कात्तिक १ गतेदेखि दुधको मूल्य बढाउने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन नभएपछि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले आपत्ति जनाएको छ।

प्रतिलिटर १० रुपैयाँ बढाउने सरकारको निर्णय अझै कार्यान्वयन नभएपछि शुक्रबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ। 

पत्रकार सम्मेलनपछि विज्ञप्ति जारी गर्दै लिमिटेडले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ।  प्रधानमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्त रुपमा दुधको मूल्य वृद्धी गरी कात्तिकदेखि लागू गरिने निर्णय गरेको थियो। 

करिब  तीन वर्षयता पशुलाई खुवाउने दाना, पराल, चोकर, औषधी लगायतमा भएको मूल्यवृद्धी तथा कोरोना कहरको मारमा पर्दा समेत निरन्तर सेवामा रहेको दुग्घ क्षेत्रप्रति सरकारले बेवास्ता गर्नाले किसानलाई निरुत्साहित पार्ने संघको ठहर छ। 

स्वास्थको लागि अतिआवश्यक पियपर्दाथ र ‘कम्पिलिट फुडको’ रुपमा दुधलाई लिइन्छ । यद्यपि, कृषिप्रधान मूलुकमा कृषि र किसानप्रति सरकारको बेवास्ता भने प्रस्ट देखिन्छ ।

केन्द्रीय दुग्थ सहकारी संघले आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिएको छ। 

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्