Kathmandu Press

कर्णालीका सहकारीको क्षमता विकास गरिने, सरकार र संघबीच सम्झौता 

काठमाडौं, माघ १४ : कर्णाली प्रदेशमा रहेका सहकारी संस्थाहरुको क्षमता विकासका लागि सरकार र कृषी सहकारी केन्द्रीय संघबीच सम्झौता भएको छ। नेपाल सरकारले सञ्चालन गरेको...
कर्णालीका सहकारीको क्षमता विकास गरिने, सरकार र संघबीच सम्झौता 

काठमाडौं, माघ १४ : कर्णाली प्रदेशमा रहेका सहकारी संस्थाहरुको क्षमता विकासका लागि सरकार र कृषी सहकारी केन्द्रीय संघबीच सम्झौता भएको छ। 

नेपाल सरकारले सञ्चालन गरेको कृषि क्षेत्र विकास कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले कर्णाली प्रदेशका सबै जिल्लामा सहकारीको क्षमता विकास गरि वित्तीय संस्थागत आवद्ध गराउने विषयमा शुक्रबार सम्झौता भएको हो । 

३ वर्ष सम्म सञ्चालन हुने यस कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा वसोवास गरिरहेका गरिव तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने छ। 

यस कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले संस्थाको संस्थागत क्षमता विकास, सदस्यहरुको सचेतना वृद्धि, विक्तिय साक्षरता लगाएतका क्षेत्रमा सहयोग गरी सक्षम संस्था निर्माण गर्ने छ भने साना किसान विकास लघुवित्त वित्तीय संस्थाले वित्तीय सहायता गर्ने जनाइएको छ । 

संस्था र सदस्यहरु सक्षम बनिसकेपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कर्जा प्रवाहको काम साना किसान लघुविक्त विक्तिय संस्थाले गर्नेछ । 

सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का महाप्रवन्धक रुद्र भट्टराई र परियोजनाको तर्फबाट भोजराज सापकोटाले हस्ताक्षर गरेका छन्।  

सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, सह–सचिवहरु, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड एंव साना किसान विकास लघुविक्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रवन्धक रुद्र भट्टराई, नायव महाप्रवन्धक मीना पोख्रेल लगाएतको उपस्थिती रहेको थियो । 

No description available.

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव शर्माले कर्णाली प्रदेशमा वित्तीय पहुँचको सिमितता रहेका कारण सहकारी मार्फत सञ्चालन हुने कार्यक्रमको धेरै प्रभाव रहने बताए । उनले सहकारी मार्फत सदस्यहरुको आयमूलक गतिविधिमा संलग्नता बढाउँदै त्यस क्षेत्रको आर्थिक, सामाजिक, सचेतनाको स्तर वृद्धिका लागि यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटड एंव साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले सहकारीले चेतना, सिप, पूँजी र प्रविधि हस्तान्तरणको काममा उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै यस कार्यक्रमलाई पनि कर्णाली प्रदेशमा सफल बनाउने प्रतिवद्धता व्यक्त गरे।

यसैगरी कार्यक्रमा साना किसान विकास लघु वित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले कर्णाली प्रदेशको गरिबी निवारणमा यस कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । 

त्यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रवन्धक रुद्र भट्टराईले नेपालको ग्रामिण क्षेत्रका किसानहरुलाई जोड्दै अगाडि बढेको केन्द्रीय संघले सरकारसंग सहकार्य गर्न पाउनु सुखद् पक्ष रहेको बताए। 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्