Kathmandu Press

खतरनाक नयाँ भेरियन्ट ‘नियोकोभ’: संक्रमित तीनमध्य एकको मृत्यु हुने वैज्ञानिकको चेतावनी

काठमाडौं, माघ १४ : चीनको वुहानका वैज्ञानिकहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ हालसम्मकै सबैभन्दा खतरनाक भएको भन्दै चेतावनी दिएका छन्। ‘नियोकोभ’ हालसम्म भेटिएका कोरोना भेरियन्टमध्ये...
खतरनाक नयाँ भेरियन्ट ‘नियोकोभ’: संक्रमित तीनमध्य एकको मृत्यु हुने वैज्ञानिकको चेतावनी
चीनकाे वुहान इन्स्टिच्यूट अफ भाइराेलाेजी

काठमाडौं, माघ १४ : चीनको वुहानका वैज्ञानिकहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ हालसम्मकै सबैभन्दा खतरनाक भएको भन्दै चेतावनी दिएका छन्। ‘नियोकोभ’ हालसम्म भेटिएका कोरोना भेरियन्टमध्ये सर्वाधिक मृत्युदर तथा संक्रमण दर भएको वैज्ञानिकहरुले जनाएका छन्।

रुसी समाचार एजेन्सी ‘स्पुतनिक’ले एक रिपोर्ट प्रकाशित गर्दै ‘नियोकोभ’ निकै खतरनाक रहेको जनाएको हो। नयाँ भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको हो।  यद्यपी, सो रिपोर्टमा ‘नियोेकोभ’ भेरियन्ट नयाँ नभएको पनि उल्लेख छ।

अध्ययनका अनुसार यो भेरियन्ट सन् २०१२ र २०१५ मा मध्यपूर्वी एसियाका खाडी मुलुकहरुमा महामारीको रुप लिएको सार्स भेरियन्टसँग धेरै मिल्दोजुल्दो रहेको छ। कोरोनाभाइरसको सार्स–कोभ–२ भेरियन्टले मध्यपूर्वी एसियामा धेरैको मृत्यु भएको थियो।

‘नियोकोभ’ सुरुमा दक्षिण अफ्रिकाका चमेराहरुमा भेटिएको थियो। हाल ‘नियोकोभ’ चमेरा र अन्य जनावारहरुमा फैलिरहेको छ भने मानिसमा सर्न सक्छ वा सक्दैन भनेर अध्ययन जारी छ।

तर, ‘नियोकोभ’कै गुण, लक्षण र प्रभाव भएको पिडिएफ–२१८०–कोभ भने मानिसमा सर्ने बायोआरएक्सआइभीमा प्रकाशित रिपोर्टमा उल्लखे छ। यसको पनि मृत्युदर तथा संक्रमण दर लगभग ‘नियोकोभ’कै समान छ।

वुहान विश्वविद्यालय तथा चिनियाँ विज्ञान एकेडेमीका वैज्ञानिकहरुले एकपटक म्युटेसन हुनासाथ ‘नियोकोभ’ले मानव शरीरमा संक्रमण गर्नसक्ने चेतावनी दिएका छन्। 

उनीहरुका अनुसार कोभिड–१९ फैलाएको नोबेल कोरोनाभाइरसविरुद्ध लगाइएका इम्युनिटी बढाउने भ्याक्सिन तथा त्यसका विरुद्ध लड्न शरीरले बनाउने एन्टीबडीले ‘नियोकोभ’लाई असर गर्दैन। 

जसकारण, ‘नियोकोभ’ वा यसको कुनैपनि म्युटेसन मानिसमा देखिएको अवस्थामा कोभिड–१९ सुरुमा फैलिँदाको भन्दा खतरनाक अवस्था हुनसक्ने चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

‘नियोकोभ’ भेरियन्टमा मर्स–कोभ भाइरस समान उच्च मृत्युदर छ भने सार्स–कोभ–२ समान उच्च संक्रमण दर भएको ट्रिब्युनइन्डियामा प्रकाशित रिपोर्टमा उल्लेख छ। ट्रिब्युनइन्डियाका अनुसार ‘नियोकोभ’बाट संक्रमित तीन व्यक्तिमध्ये एकजनाको मृत्यु हुनेछ।

रुसको सरकारी अनुसन्धान विभाग भाइरोलोजी तथा बायोटेक्नोलोजी अनुसन्धान केन्द्रका विज्ञहरुले पनि ‘नियोकोभ’का बारेमा विशेष चासोसहित बिहिबार रिपोर्ट प्रकाशन गरेका थिए।

(एजेन्सीको सहयोगमा)
 

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्