काठमाडौं उपत्यकामा थप २,९३९ जनामा कोरोना संक्रमण
काठमाडौं, माघ १४ : काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं, माघ १४ : काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै २ हजार १५२ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ५१९ र २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार देशभर ६ हजार ८२७ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ३५ पुगेको छ। तीमध्ये काठमाडौंमा ३८ हजार २२, ललितपुरमा १० हजार ३१९ र भक्तपुरमा ५ हजार ६९४ जना छन्।
देशभर भने सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ।
प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











