Kathmandu Press

मुलुकभर ६ हजार ८२७ संक्रमित थपिए, ५ हजार ४३२ जना संक्रमणमुक्त

पछिल्लो चौबिस घण्टामा  १३ हजार ७९१ नमूनाको पीसीआर परीक्षण गर्दा  ४ हजार ८०७ र  ६ हजार ७८ नमूनाको एन्टीजेन परीक्षण गर्दा  २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो। 
मुलुकभर ६ हजार ८२७ संक्रमित थपिए, ५ हजार ४३२ जना संक्रमणमुक्त

काठमाडौं, माघ १४ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८६९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

पछिल्लो चौबिस घण्टामा  १३ हजार ७९१ नमूनाको पीसीआर परीक्षण गर्दा  ४ हजार ८०७ र  ६ हजार ७८ नमूनाको एन्टीजेन परीक्षण गर्दा  २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो। 

शुक्रबार काठमाडौंमा  २ हजार १५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जना संक्रमित थपिएका छन्।

सोही अवधिमा देशभर ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ४४ हजार ७४ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख २४ हजार ८५८ पुगेको छ । त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म ११ हजार ६९७ संक्रमितको मृत्यु भएको छ। 

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या  ८ हजार ९४१ पुगेको छ। तीमध्य ८८ हजार ८४ जना होम आइसोलेसनमा छन् भने  १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा छन्। 

संस्थागत आइसोलेसनमा रहेकामध्य २५६ जना आइसीयूमा उपचाररत छन् भने ४५ जना भेन्टिलेटरमा छन्। त्यस्तै १३९ जना संस्थागत क्वारेन्टिनमा रहेका छन्। 

आज देशभर १ लाख २८ हजार ५६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्