Kathmandu Press

कांग्रेसले बनायाे ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति, काेकाे परे?

आज (शुक्रबार) भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो।
कांग्रेसले बनायाे ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति, काेकाे परे?

काठमाडौं, माघ १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन्।

आज (शुक्रबार) भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो।

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी तथा  वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरू रहेका छन्।

समितिमा पदाधिकारीबाट सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याया ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठोर, बद्री पाण्डे र जीवन परियार रहेका छन्।

त्यसैगरी सदस्यहरूबाट नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेरखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवपनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना छन्।

 

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्