Kathmandu Press

प्य्रांक भिडियो बनाउनेलाई कारबाही गर्ने गृहकाे कदमप्रति पत्रकार महासंघकाे आपत्ति 

काठमाडौं, पुस १४ : गृह मन्त्रालयले सार्वजनिक स्थलहरुमा भद्दा मजाक, ख्यालठट्टा (प्य्रांक) का नाममा गोप्य भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने जोकोहीलाई पनि कारबाही...
प्य्रांक भिडियो बनाउनेलाई कारबाही गर्ने गृहकाे कदमप्रति पत्रकार महासंघकाे आपत्ति 

काठमाडौं, पुस १४ : गृह मन्त्रालयले सार्वजनिक स्थलहरुमा भद्दा मजाक, ख्यालठट्टा (प्य्रांक) का नाममा गोप्य भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने जोकोहीलाई पनि कारबाही गर्न निर्देशन दिएपछि नेपाल पत्रकार महासंघले विरोध जनाएकाे छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गरेर अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराइएको बताएका थिए। त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको थियो। 

महासंघका महासचिव रोशन पुरीले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरेर गृहको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएको भन्दै ध्यानाकर्षण भएको बताएका छन्। 

‘विज्ञप्तिमा उल्लेख व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने भन्ने जस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’

पछिल्लो समयमा सार्वजनिक स्थलहरुमा प्य्रांकका नाममा आम नागरिकलाई सास्ती दिने र गोप्य भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरी व्यक्तिको गोपनीयता र प्रतिष्ठामाथि आँच पुर्याउने क्रियाकलाप बढ्न थालेको भन्दै गृहले कारबाह िगर्न निर्देशन दिएको थियो।

‘व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारका तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको सहमतिबिना कुनैपनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जाहरुमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने छ,’ गृहको विज्ञप्तिमा भनिएको थियो। 
 

 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्