Kathmandu Press

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण

नयाँ दिल्ली, माघ १४ : भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। उनले बिहीबार पिसिआर परीक्षण गराएको र कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयता देखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन्।

Hardik ivf

हाल भारतले पनि कोरोना भाइरसको तेस्रो वेभको सामना गरिरहेको छ। बिहीबार मात्र पनि भारतमा २ लाख ८६ हजार भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी बिहीबार सार्वजनिक भएको सो तथ्यांकमा गएको २४ घन्टामा मात्र ६७३ जनाको यो संक्रमणबाट निधन भएको पनि बताइएको थियो। केही दिनयता संक्रमण घटेको जस्तो देखिएपनि अहिले भने फेरि यहाँ संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको जनाइएको छ। 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्