Kathmandu Press

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, माघ १४ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन्। 

Hardik ivf

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ रहेका छन्। गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनालाई कोरोना सङ्क्रमण निको भइसकेको छ।  

गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसंँगै कोरोना शुरु भएबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ।

कोरोना सुरु भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो।

सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्