Kathmandu Press

जिल्ला प्रशासन पाल्पाको सेवा स्थगित

पाल्पा, माघ १४ : जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ।     कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित...
जिल्ला प्रशासन पाल्पाको सेवा स्थगित

पाल्पा, माघ १४ : जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ। 
    
कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएपछि अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरिएको हो।

शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिएका छन्।

आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्