Kathmandu Press

महिलालाई ब्ल्याकमेल गर्ने कास्कीका युवक विमानस्थलबाट पक्राउ 

काठमाडौं, माघ १४ : वैदेशीक रोजगारमा रहँदा महिलालाई सामाजिक सञ्जालबाट ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ परेका छन्। फेसबुक मेसेन्जरमा कुराकानी गरी महिलालाई ब्ल्याकमेल गरेको आरोपमा कास्कीको रुपा...
महिलालाई ब्ल्याकमेल गर्ने कास्कीका युवक विमानस्थलबाट पक्राउ 

काठमाडौं, माघ १४ : वैदेशीक रोजगारमा रहँदा महिलालाई सामाजिक सञ्जालबाट ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ परेका छन्। 

फेसबुक मेसेन्जरमा कुराकानी गरी महिलालाई ब्ल्याकमेल गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ सिस्नेरीका ३१ वर्षीय मुक्ति खनाल भनिने मुक्तिनाथ खनाललाई प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। 

वैदेशीक रोजगारबाट स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलबाटै खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिएका छन्। 

मुक्तिनाथले सामाजिक सञ्जालमार्फत डर, धम्की, त्रास र प्रलोभनमा पारि महिलाको नग्न तस्बिर र भिडियो प्राप्त गरेको र सो भिडियो आफन्त र श्रीमानलाई पठाइदिने धम्की दिँदै ब्ल्याकमेल गरेको एसएसपी अर्यालले जानकारी दिएका छन्। 

त्यसअनुसार उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्युरोले मुद्दा दर्ता गरेको थियो। तर उनी फरार सूचीमा  थिए।

उनलाई शुक्रबार बिहान बिहान विमानस्थलबाट पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाइएको ब्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
 
 

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्