कुनै पनि शक्तिले एमालेलाई सिध्याउन सक्दैन : प्रभु साह
रौतहट, माघ १४ : एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले कुनै पनि शक्तिले एमालेलाई सिध्याउन नसक्ने बताएका छन्।एमाले रौतहटको चन्द्रपुर नगर कमिटीले आज (शुक्रबार)...
रौतहट, माघ १४ : एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले कुनै पनि शक्तिले एमालेलाई सिध्याउन नसक्ने बताएका छन्।
एमाले रौतहटको चन्द्रपुर नगर कमिटीले आज (शुक्रबार) आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब मधेस प्रदेश एमालेमय बन्ने दाबी गरे।
राष्ट्रिय सभा निर्वाचनको नतिजाबाट सत्ता गठबन्धन एमालेसँग झस्किएको साहले बताए। हार्ने डरले गठबन्धनले उपचुनाव पनि गराउन नसकेको दाबी गरे। स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा उनले जोड दिए।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा थालिएका विकास निर्माणका वर्तमान सरकारले रोकेर विकासविरोधी कदम चालेको आरोप पनि उनले लगाए।
प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











