Kathmandu Press

राष्ट्रसंघको अफगानिस्तानमा मानवअधिकार उल्लंघनप्रति चिन्ता

राष्ट्रसंघको अफगानिस्तानमा मानवअधिकार उल्लंघनप्रति चिन्ता

काबुल, माघ १४ : अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता नियोग (युएनएएमए) ले देशमा मानवअधिकार उल्लंघनका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमा तालिवान अधिकारीहरूसँगको भेटमा युनामा मानवअधिकारले अफगानिस्तानमा यस्ता घटनाहरूको अनुसन्धान, पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताएको छ।

Hardik ivf

‘ग्ल्ब्ःब् मानव अधिकारले आज २mयष्बानजबलष्कतबल मा तालिवान अधिकारीहरूसँग भेट गर्यो,’ ट्वीटमा लेखिएको छ।

‘मानवअधिकार उल्लङ्घनका कथित मुद्दाहरू र पूर्व एएनएसएफसरकारी सदस्यहरू, नागरिक समाज, मिडिया, न्यायपालिका, धार्मिक धर्मगुरुहरू र महिला कार्यकर्ताहरूका सरोकारहरूबारे छलफल गरियो। छानबिन, पारदर्शिता चाहिन्छ,’ ट्वीटमा जनाइएको छ।

अफगानिस्तानमा २०२१ को शुरुदेखि जुलाई २०२१ सम्म कम्तीमा ३० पत्रकार र सञ्चारकर्मीको हत्या, हातपात र घाइते भएका छन्। र तीमध्ये धेरैलाई सरकारी अधिकारीहरूले धम्की दिएको अफगानिस्तानको गैर नाफा नाइको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसैगरी गत नोभेम्बरमा अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको मजार(ए(शरीफ शहरमा चार महिला कार्यकर्ताको हत्या भएको थियो। तालिबानको सत्ता कब्जापछि महिलाविरुद्ध विभिन्न हिंसाका घटनाहरू बढेका छन्।

विश्वभरिबाट बारम्बार आह्वान गरिए पनि तालिबानले महिला सुरक्षा र समावेशी सरकारको आश्वासनमा आफ्ना वाचाहरू पूरा गर्न असफल भएको छ।

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्