देउवा, दाहाल र नेपालबीच छलफल, भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति
छलफलमा स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा पनि छलफल भएको बताइएको छ।
काठमाडौं, माघ १४ : सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान भएको छलफलमा भोलि (शनिबार) सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।।
‘तीन शीर्ष नेताबीच आज छलफल भएको छ, भोलि सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बोलाउने सहमति भएको छ,’ उनले भने।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच करिब एक घन्टा छलफल भएको हाे।
छलफलमा स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा पनि छलफल भएको बताइएको छ।
प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











