Kathmandu Press

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, माघ १४ : चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ। उनीहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी...
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
Hardik ivf

बेइजिङ, माघ १४ : चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ। उनीहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र समझ्दारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। 
 
चिनियाँ विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा भएको राजनीतिक विकासक्रमका विषयमा पनि कुराकानी भएको थियो। युक्रेनमा रुसले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ रहेका आफ्ना दूताबासहरुबाट अमेरिका, बेलायतलगायतका केही देशले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएका छन्। 
 
तर यहाँ आक्रमणको कुनै पनि योजना नरहेको रुसले दाबी गर्दै आएको छ। कतिपय विदेशी मिडियाहरुले युक्रेनको सीमा क्षेत्र नजिकै रुसले ठूलो संख्यामा रुसी सेना राखेको बताउँदै आएका छन्। यसका अतिरिक्त उहाँहरुबीच केही समय अघि भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भिडियो कन्फ्रेन्समा भएको पिक्षीय विषयहरुको कार्यान्वयनका विषयमा बढी कुराकानी भएको थियो। 
 
चिनियाँ विदेश मन्त्रालयले उक्त द्विपक्षीय वार्ताका क्रममा केही समय अघि भएको दुई देशका राष्ट्रपतिहरुबीचको समझ्दारीको कार्यान्वयनका विषयमा बढी केन्द्रित भएको जानकारी दिएको छ। 

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्