आगामी निर्वाचनबारे छलफल गर्न आयोगले कानून मन्त्रालयलाई बोलायो
काठमाडौं, माघ १४ : निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्नका लागि कानून मन्त्रालयलाई बोलाएको छ। सरकारले निर्वाचन मिति घोषणा नगरेपछि आयोगले कानून मन्त्रालयलाई निर्वाचन...
काठमाडौं, माघ १४ : निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्नका लागि कानून मन्त्रालयलाई बोलाएको छ। सरकारले निर्वाचन मिति घोषणा नगरेपछि आयोगले कानून मन्त्रालयलाई निर्वाचन कानूनका विषयमा छलफल गर्न बोलाएको हो ।
बिहान साढे ११ बजेपछि छलफलमा बस्नेगरी आयोगले मन्त्रालयलाई बोलाएको हो।
आयोगले वैशाखमै निर्वाचन गर्नका लागि तत्काल मिति घोषणा गर्न सरकारलाई दबाव दिँदै आइरहेको छ।
सत्तारुढ गठबन्धनभित्र निर्वाचन सार्ने विषयमा बहस चलिरहेका कारण सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छैन।
संविधान र एन बाझिएको भन्दै सरकारले संविधानसँग बाझिएका कानून संसोधन गर्ने तयारी गरिरहेको छ।
त्यसका लागि सत्ता गठबन्धनले यसअघि नै संविधानविद्हरुसँग छलफल गरिसकेको छ।
प्रकाशित मिति: ११:४५ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











