लमजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं, माघ १४ : लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।लमजुङको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच...
काठमाडौं, माघ १४ : लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
लमजुङको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेको र भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् ।
प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











