Kathmandu Press

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको वैठक 

काठमाडौं, माघ १४ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको वैठक बोलाएका छन् । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...
प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको वैठक 

काठमाडौं, माघ १४ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको वैठक बोलाएका छन् । 

नेपाल बार एसोसियसनको लगातारको आन्दोलनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज दिउँसो २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका हुन् । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । 

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । 

कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।  

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ ।

प्रकाशित मिति: ०८:२३ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्