Kathmandu Press

तराईमा कुहिरो, प्रदेश १ र बागमतीमा वर्षाको सम्भावना

काठमाडौं, माघ १४ : देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही...
तराईमा कुहिरो, प्रदेश १ र बागमतीमा वर्षाको सम्भावना

काठमाडौं, माघ १४ : देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ ।

यस्तै दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । 

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रकाशित मिति: ०७:३३ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्