Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्यसम्पादन समिति गठन हुने

काठमाडौं, माघ १४ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट आज बस्दै छ ।भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्यसम्पादन समिति गठन हुने

काठमाडौं, माघ १४ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट आज बस्दै छ ।

भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने जनाईएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको बताएका छन् । 

कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहने प्रावधान छ । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । 

बैठकमा समसामयिक राजनीति, कोरोना संक्रमणका विषयमा पनि छलफल हुने बुझिएको छ । 

प्रकाशित मिति: ०७:२७ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्